बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • पाँच जना यात्रुको बढी भाडा फिर्ता

पाँच जना यात्रुको बढी भाडा फिर्ता

  • मङ्लबार, पुस ८, २०७६
पाँच जना यात्रुको बढी भाडा फिर्ता

मार्तडीबाट धनगढी,महेन्द्रनगर र नेपालगञ्जमा छुट्ने लामो दूरीका बस व्यवसायीहरुले चर्काे भाडा लिने गरेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले निगरानी बढाएको छ ।
सोमबार बाजुराबाट धनगढी लागि छुटेको ना. ७ ख १७२ जय मालिका यातायात प्रा.लि र र महेन्द्रनगरका लागि छुटेको ना.६ ख १७९६ पवनदुत यातायातले तोकिएको भन्दा बढी भाडा लिएको खवरपछि पाँच जनाको भाडा ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता गराइएको छ ।
भौतिक तथा यातायात तथा यातायात व्यवस्था विभागले गएको मंसिर २१ गते भाडादर प्रति किलोमिटर तीन रुपैया लिने गरी सवारी साधन चलाउने अनुमती दिएको भएपछि व्यवसायीहरुले भने अटेर गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार