शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • पुनम रावल भारतकी मञ्जु बम्बोरिया सँग फाइनल भिडिदै

पुनम रावल भारतकी मञ्जु बम्बोरिया सँग फाइनल भिडिदै

  • सोमवार, मंसिर २३, २०७६
पुनम रावल भारतकी मञ्जु बम्बोरिया सँग फाइनल भिडिदै

नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुनम रावल भारतकी मञ्जु बम्बोरिया सँग फाइनल भिडने भएकि छन् । पुनलाई स्वर्ण पदकका लागि यो सुनौलो अबसर रहेको छ ।
बडिमालिका नगरपालिका ८ घर भएकि पुनम रावले यो भन्दा पहिला भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् । भारतमा खेल्दा उनि तेस्रो भएकि थिईन् । फाइनलमा पुगेकी पुन भन्छन्, इतिहास रच्ने छु ढुक्क भएर स्वर्ण जित्नेमा आत्मा बिश्वास रहेको वताँउछन् । मञ्जु सँग पुनम पहिलो पटक भिडिन रहेको छ ।
पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्पर्धा गर्ने छन् । बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढने गरेको छ, पदक जित्छ, आत्माबिश्वास रहेको पुनमले वताईन् । बाजुरामा सामान्य परिवारमा जन्मेकी पुनम अन्तराष्ट्रिय स्तरको सहभागिताले बाजुराका महिला केही गर्न सक्छन्, भन्ने देखाएको बुढिन्नदा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मिले वताईन् । अबसर नपाएर पनि धेरै महिलाहरु पछाडी परेका छन्, यिनिहरुले त नेपाली सेना मार्फत अबसर पाएकाले यहाँ पुगेको अझै यस्ता धेरै प्रतिभा लुकेर बसेको उनले वताईन् ।
२०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि पुनम देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् । पुनमले भनिन्, आर्थिक अबस्था निकै कमजोर थियो, जब सेनामा भर्ना भए तब खेलमा प्रगति भएर देश बिदेशमा खेल्न पाएको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार