शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • आठौं दिनसम्म नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा

आठौं दिनसम्म नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा

  • सोमवार, मंसिर २३, २०७६
आठौं दिनसम्म नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा

साग खेलकुदमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ । १३ औँ सागअन्तर्गत नेपालले सातौं दिन नै साग इतिहासमा हालसम्मकै धेरै स्वर्ण जित्दै इतिहास कायम गरेको थियो । सागको आठौं दिनसम्म पुग्दा नेपालले ४५ स्वर्ण पदक जितेको छ ।

पदक तालिकाको अग्रस्थानमा रहेको भारतले १२७ स्वर्ण जितेको छ । तेस्रो स्थानको श्रीलंकाले २९ स्वर्ण जित्दा चौथो स्थानको पाकिस्तानले २१ स्वर्ण जित्न सफल भएको छ । पाँचौँ स्थानमा रहेको बंगलादेशले ६ स्वर्ण जित्दा माल्दिभ्सले एक स्वर्ण जित्दै छैटों स्थानमा छ भने भुटानले हालसम्म खाता खोल्न सकेको छैन ।

नेपालले आइतबार पौडी र जुडोमा एक/एक स्वर्ण जितेको छ । पौडीतर्फ नेपालकी गौरिका सिंहले एउटै सागमा तीन स्वर्ण जित्दै कीर्तिमानी कायम गरेकी हुन् । सागमा हालसम्म एउटै नेपाली खेलाडीले स्वर्ण जित्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार