शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • भिजिट नेपाल २०२० को उद्घाटन जनवरी १ मा नहुने, उद्घाटनस्थल पनि सारियो

भिजिट नेपाल २०२० को उद्घाटन जनवरी १ मा नहुने, उद्घाटनस्थल पनि सारियो

  • सोमवार, मंसिर २३, २०७६
भिजिट नेपाल २०२० को उद्घाटन जनवरी १ मा नहुने, उद्घाटनस्थल पनि सारियो

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी एकमा नहुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन भएकाले कार्यक्रमको प्रभावकारितालाई हेरी सरकारले भ्रमण वर्षको उद्घाटन कार्यक्रम सार्ने भएको हो । योसँगै भ्रमण वर्ष उद्घाटन कार्यक्रम जनवरी ७ मा सरेको छ ।

भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा आयोजना गर्न लागेको सरकारले अंग्रेजी नयाँ वर्षको दिनमा बोलाएका विदेशी पाहुँनाहरु नआउने र सो दिन अन्य आगन्तुकहरु समेत नयाँ वर्ष मनाउन व्यस्त रहने हुँदा समय सान्दर्भिकतालाई ध्यानमा राख्दै उद्घाटन कार्यक्रम ७ तारिखमा सारिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

‘हामीले मनाउन लागेको भ्रमण वर्षको उद्घाटन कार्यक्रम अंग्रेजी नयाँ वर्षकै दिन परेको छ । सो दिन नयाँ वर्षकै रमझम हुन्छ ।’ मन्त्री भट्टराईले भने, ‘सो दिन हामीले बोलाएका विदेशी पाहुँनाहरु समेत नयाँ वर्ष मनाउनमा व्यस्थ रहने हुँदा कार्यक्रमकै प्रभावकारीतालाई ध्यानमा राखी उद्घाटन कार्यक्रम ६ दिनका लागि सारेका हौं ।’

भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भब्य गर्न लागेको सरकारले ४० भन्दा माथिका देशका पर्यटन मन्त्री, परराष्ट्रमन्त्री, सम्बन्धित देशको राजदूत लगाएत विशिष्ट पाहुँना, कलाकार(सेलिब्रेटी)हरुलाई आमन्त्रण गरिसकेको छ ।

साथै यस अघि टुँडिखेलमा उद्घाटन कार्यक्रम गर्ने भनिएको उद्घाटन कार्यक्रम समेत दशरथ रंगशालामा सारिएको छ । अब, भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम दशरथ रंगशालामा ७ तारिखका दिन भव्य रुपमा हुने छ ।

चर्चामा

सम्बन्धित समाचार