बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले शुरु गरयो गाँउमै बृद्धबृद्धा र असाहयलाई बिशेषज्ञ सेवा

बुढिगंगा नगरपालिकाले शुरु गरयो गाँउमै बृद्धबृद्धा र असाहयलाई बिशेषज्ञ सेवा

  • बिहिबार, मंसिर १२, २०७६
बुढिगंगा नगरपालिकाले शुरु गरयो गाँउमै बृद्धबृद्धा र असाहयलाई बिशेषज्ञ सेवा

प्रकाश सिह

बुढिगंगा नगरपालिकाले गाँउमै बिशेषज्ञ चिकित्सक लिएर उपचार सेवा सुचारु गरेको छ । पहिलो पटक नगरपालिकाको ५ नम्बर वडा बाट सेवा शुरु गरेको नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
आर्थिक अभाबमा उपचार नपाएका र टाढा लिन नसक्ने असाहय, अशक्त, बृद्धबृद्धलाई उपचारमा सहज हुने उद्देश्यले पहिलो पटक गाँउमै बिशेषज्ञ सेवा सुचारु गरेको वडा अध्यक्ष केशब बहादुर थापाले वताए । एमडिजिपी डाक्टर दुर्गाराज महर्जनलाई नगरपालिकाले वडामै लगेर सेवा सञ्चालन गरेको थापाले वताए ।


बिरामीको चेक जाँच गर्ने त्यहि उपचार सम्भब त्यहि औषधि दिने गरेका छन् । त्यहाँ सम्भब नहुने भए उपचार सम्भब हुने ठाँउमा रिफर गर्ने गरेको डा. दुर्गाराज महर्जनले वताएका छन् । वडाका बयबृद्ध र असाहयलाई वडामा रहेको टाँटे स्वास्थ्य चौकीमा बोलाएर उपचार शुरु गरेको उनले वताए । ल्याब, एक्सेर सेवा स्वास्थ्य चौकीमा रहेको छ, धेरैलाई रोगहरुको निदान गरेर उपचार शुरु गरेको महर्जनले वताए ।
बुढिगंगा नगरपालिका ५ कि ७२ बर्षिय नन्दा थापा अरु ठाँउमा गएर उपचार गर्न सम्भब थिईन् । उनलाई बोकेर जिल्ला अस्पताल बाजुरा, अछामको बयलगडा अस्पतालमा लग्ने पनि कोही थिएन्, त्यहाँ जान आर्थिक पनि नभएकाले उनि रोग पालिरहेकि थिईन् । जब गाँउमै बिशेषज्ञ चिकित्सक आएर सेवा दिएपछि लामो समय सम्म पालिरहेको रोगको उपचार गरेको वताईन् । खुशी हुदै नन्दा थापाले भनिन्, अरु ठाँउ गएर उपचार सम्भब थिईन्, गाँउमै डाक्टर आएपछि सेवा पाएको वताईन् । त्यस्तै सोही गाँउकी ६५ बर्षिय डम्म देबी थापाले पनि गाँउमै बिशेषज्ञ सेवा लिएकि थिईन् ।


बुढिगंगा नगरपालिकाका निमित्त कार्यकारी तिलक बहादुर थापाले भने गाँउमै बिशेषज्ञ बोलाएर सेवा पाँउदा निकै सहज भएको वताए । यो अभियान नगरपालिका सबै वडामा सञ्चालन गर्ने योजना रहेको उनले वताए । ८० बर्षका हरिलाल जोशीले भने अछामको बयलपाटा अस्पताल जान ५ हजार भन्दा बढि पैशा चाहिने थियो, आफु सँग पैशा नभएर तिन महिना देखी घरमै थलिएको वताए । अहिले गाँउमै डाक्टर आएपछि सेवा पाएको वताए । पुर्जीको समेत पैशा नतिरेर निशुल्क बिशेषज्ञ सेवा उनले पाएका छन् । गाँउमै बिशेषज्ञ चिकित्सक पुगेर सेवा दिदाँ धेरै अशक्त, असाहय, बयबृद्धले सेवा पाएको स्थानिय समाजसेवि हिकमत बहादुर थापाले वताएका छन् ।
डा. दुर्गा महर्जनलाई निक सीमोनस NIS (Nick simons Institute) संस्थाले जिल्ला अस्पताल बाजुरामा पठाएको थियो । महर्जन बाजुरा आईसकेपछि जिल्ला अस्पतालमा मात्र नभई स्वास्थ्य संस्था र समुदायमा गएर बिरामीको उपचार गरीरहेका छन् । महर्जनले बाजुरामा पहिलो पटक नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा बाजुरा जिल्ला अस्पतालमा अप्रेशन सेवा सुचारु गरेको थियो । आकस्मिक प्रसुति सेवा, हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको लगायतको अप्रेशन गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार