आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो (अपडेट)

अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो (अपडेट)

  • बुधबार, मंसिर ११, २०७६
अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो (अपडेट)

तिराना । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।’ तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन । बाल्कन राज्यमा विगत केही दशकयता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।    भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन ।-एएफपी/Photo:CNN

चर्चामा

सम्बन्धित समाचार