मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • थाइल्याण्डमा १७ सर्वधारणको हत्या

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

  • शुक्रबार, कार्तिक २२, २०७६
थाइल्याण्डमा १७ सर्वधारणको हत्या

बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका तीनवटा प्रान्तमा १५ वर्षयता जारी विद्रोहका कारण हालसम्म सात हजारभन्दा बढीको ज्यान गइसकेको छ ।मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका हुन।यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ। यहाा सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको बताउादै आएका छन्। गत मङ्गलबार विद्रोहीले याला प्रान्तका दुई वटा जााच चौकीमा आक्रमण गरेका थिए।

सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाए। आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिादै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको बताए।
साभार कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार