आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगान सेनाको कारबाहीमा १२ लडाकू मारिए

अफगान सेनाको कारबाहीमा १२ लडाकू मारिए

  • मङ्लबार, कार्तिक १९, २०७६
अफगान सेनाको कारबाहीमा १२ लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताए।

यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको छ । यसक्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन ।

अफगानिस्तानको राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार