आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

  • शनिबार, कार्तिक १६, २०७६
भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

एजेन्सी, १६ कात्तिक- वायु प्रदुषणको अवस्था खतराजनक अवस्थामा पुगेपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन्।

दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो।

त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ।

वायुको गुणस्तर ५ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्नुलाई गम्भीर अवस्था मानिन्छ।

विद्यालय बन्द

दिल्लीमा वायु प्रदूषणको मात्रा बढेपछि त्यसबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालयमा मास्क वितरण गरिएका थियो । प्रदूषण दर घट्नुको साटो बढ्दै गएपछि यसपटक भने विद्यालय नै बन्द गर्ने निर्णय गरिएको छ । बीबीसी हिन्दीका अनुसार, दिल्लीका विद्यालयले ६ नोभेम्बरसम्मका लागि बन्द रहने सूचना जारी गरेका छन् ।

त्यहाँको पर्यावरण प्रदूषण रोकथाम प्राधिकरण (ईपीएस) ले पनि निर्माण कार्यमा रोक लगाएको छ । उसले ६ नोभेम्बरसम्मका लागि सबै किसिमका निर्माण कार्यमा रोक लगाएको हो ।

चर्चामा

सम्बन्धित समाचार