आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • साउदी अरेबियामा यी महिला लाई देख्दा सातो जान्छ साउदीको कट्ट,रपन्थी समाजको

साउदी अरेबियामा यी महिला लाई देख्दा सातो जान्छ साउदीको कट्ट,रपन्थी समाजको

  • शनिबार, कार्तिक १६, २०७६
साउदी अरेबियामा यी महिला लाई देख्दा सातो जान्छ साउदीको कट्ट,रपन्थी समाजको

रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज नै तरङ्गित भएको छ । अझ उनी इस्लामी पहिचान बनेको पोशाक ‘अबाया’ नलगाइकन हिँडिरहेकी हुन्छिन् । ती महिलाको नाम हो, मसेल अल जालोद हो । मसेलको पोशाक देखेर साउदीका पुरुष मात्र होइन, युवतीहरु पनि स्तब्ध पर्ने गरेका छन् । ३३ वर्षीय मसेल मानव संशोधन विशेषज्ञ हुन् र उनी कट्टरपन्थी पहिरनकी ठूलो विरोधी हुन् । उनको कट्टरपन्थी पहिरनको विरोधको कारणले एकातर्फ मसेलबाट कट्टरपन्थी चिढिएका छन् भने अर्कोतर्फ उनी साउदी महिलाकी नयाँ पहिचान बनेकी छिन् ।

जुन समय उनी मलबाट बाहिर निस्किन्छिन् सबैको ध्यान उनीतर्फ हुन्छ । एक जना महिलाले त उनलाई रोकेर कतै उनी मोडल त होइन भनेर समेत सोधिन् । महिलाको प्रश्नको जवाफमा मसेलको जवाफ थियो, ‘होइन म एक साधारण साउदी महिला हुँ म आफ्नो इच्छाले बाँच्न चाहन्छु ।’ मसेलले केही महिनाअघि अबायालाई सधैंका लागि परित्याग गरेकी थिइन् । साउदी महिलालाई नयाँ परिचय दिने यस अभियानमा उनी एक्ली भने होइनन् । त्यसमध्ये चर्चित अर्की मनहेल अल ओटेवी एक हुन् । उनी विगत चार महिनादेखि साउदी सडकमा ‘अबाया’ नलगाई हिँडिरहेकी छिन् । उनी धेरै रोकतोक नभएको स्वतन्त्र जीवन बाँच्न चाहन्छिन् ।

अरुको बलजफ्तीमा परेर कुनै पहिरन लगाउन हुँदैन भन्ने उनको विचार छ । अबाया सयौं वर्षदेखिको साउदी मुस्लिम महिलाहरुको पहिचान रहँदै आएको छ । साउदी अरबका मुसलमान महिलाहरुलाई सार्वजनिक स्थानमा यसलाई लगाउनु आवश्यक हुन्छ । अबायाको पहिरनलाई लिएर कडा कानूननै छ । मसेलका अनुसार यही नियमका कारण उनलाई जुलाईमा एउटा सपिङ मलमा पस्न बन्देज लगाइएको थियो । यस विषयलाई लिएर उनले एक भिडियो ट्वीट गरेकी थिइन् । उनले मलको गेटमा उभिएका गार्डलाई युवराजले महिलालाई सभ्य कपडा पहिरन स्वीकृति छ भनेको भिडियो पनि देखाईन् । सभ्य पहिरन अन्तर्गत अबाया लगाउन अनिवार्य भन्ने उनको विचार छ । जवाफमा शपिङ मलले ट्वीट गर्दै उनलाई प्रवेश दिन नसक्ने बतायो । यती मात्र होइन, साउदी राजपरिवारले समेत ट्वीट गर्दै मसेलको निन्दा गरेको थियो ।

मसेललाई यही कारणले पछि रियादको एक सुपर मार्केटले पनि प्रवेशमा रोकिदिएको थियो । यहाँ त उनलाई प्रहरीले पक्राउ गर्ने धम्की दिएको थियो । महिलाले सम्पूर्ण शरिर ढाक्ने पहिरन लगाउनुपर्ने देशमा मसेलको साहसहलाई देखेर धेरै मानिस स्तब्ध हुने गरेका छन् । महिलासम्बन्धमा अनेक सुधार अघि सारेका साउदी युवराजले एक अन्तरवार्ताको क्रममा साउदी महिलाको लागि हाल कायम कठोर ‘ड्रेस कोड’ पनि खुकुलो गर्ने संकेत गरेका थिए । त्यस अन्तर्गत अबायालाई अनिवार्य नगर्ने अनुमान गरिएको छ ।

अविवाहित जोडीलाई होटलमा बस्‍न खुल्ला गरेपछि १० दिनमै भित्रिए २४ हजार पर्यटक पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि १० दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ। साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो। साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो। कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ। तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधीकरण गर्ने उपायस्वरुप पर्यटन प्रवद्र्धनलाई अघि सारेका छन्।

साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ। विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटलसमक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। ‘पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन’, विज्ञप्तिमा भनिएको छ। साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानूनमा सुधार गरी पर्यटन प्रवद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो। साउदी अरेबियाले विगतमा मुस्लिम तीर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो।

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्धसमेत ४९ मुलुकका नागरिकले अनलाइन ई-भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानून विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियम अघि सारेको छ।

साउदी महिला पनि अब सेनामा भर्ना हुन पाउने अब साउदी अरबले महिलाहरूलाई पनि सेनामा भर्ना गराउने भएको छ। बुधबार साउदीका पराराष्ट्रमन्त्रीले ट्विटमार्फत अब साउदीले महिलालाई पनि सेनामा भर्ना गराउने निर्णय गरेको उल्लेख गरेका हुन्। उनले महिला सशक्तीकरणका लागि यो अर्को पहल हुनेसमेत उल्लेख गरेका छन्। साउदीको नयाँ निर्णय आर्थिक र सामाजिक क्षेत्रमा व्यापक सुधार कार्यक्रममा आधारित रहेको बताइको छ। कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरू अपनाउन थालेको छ।

यसअघि महिलावादीहरूले महिलाहरूलाई समान अधिकार नदिएको र सरकारले महिला सशक्तीकरणमा चासो नदेखाएको आरोप लगाउने गरेका थिए। तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले महिला अधिकारका लागि केही खुकुला नीतिहरू अघि सारिरहेका छन्। यसअघि उनले महिलाले पनि हो होटलको कोठा भाडामा लिएर बस्ने नियम लागू गराएका थिए। साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको थियो।

विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटलसमक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। यसका साथै साउदी विदेशी अविवाहित जोडीले पनि होटलको कोठा भाडामा लिन पाउने नियम लागू भएको छ। पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि १० दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार