शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा

विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा

  • सोमवार, कार्तिक ४, २०७६
विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा

भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ । कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।

मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो । यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । यस्तो काईदा अपनाईएको यो पहिलो होती भने होइन ।

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् ।

उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल मिडियामा हटकेक बनिरहेको छ । मेक्सिकोको टेलेक्सकलास्थित एक कलेजमा स्नातकको परीक्षाका बेला विद्यार्थीहरूलाई चिट चोर्न तथा अरुको नक्कल गर्नबाट रोक्नका लागि विद्यालयका निर्देशकले अनौठो जुक्ति लगाए । उनले सबै परीक्षार्थीकाे टाउको कार्डबोर्डको बाकसमा पहिराएर

परीक्षा दिन लगाएका थिए, ताकि विद्यार्थीहरुले दायाँ–बायाँ देख्न नसकून् र आफ्नो उत्तरपुस्तिकामा मात्र हेर्न सकून् । कलेजको त्यस्तो काइदाप्रति सोसल मिडियामा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले कलेजको काइदाको प्रशंसा गरेका छन् भने कतिपयले त्यो अमानवीय व्यवहार भएको भन्दै शिक्षा विभागका अधिकारीलाई निलम्बन गर्न

र सम्बन्धित शिक्षक तथा निर्देशकलाई समेत बर्खास्त गर्न माग गरेका छन् । स्मरणरहोस् परीक्षामा विद्यार्थीलाई अरूको नक्कल गर्ने तथा चिट चोर्ने कार्यबाट रोक्नका लागि यस्ता चटपटे उपाय अपनाउने मेक्सिको पहिलो देश होइन । सन् २०१३ मा थाइल्याण्डमा परीक्षार्थीहरुलाई आँखाले दायाँ–बायाँ हेर्न नपाउने गरी कागजका हेलमेट पहिराइएको थियो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार