शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा भिडन्त, कम्तिमा १५ जनाको मृत्यु

भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा भिडन्त, कम्तिमा १५ जनाको मृत्यु

  • सोमवार, कार्तिक ४, २०७६
भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा भिडन्त, कम्तिमा १५ जनाको मृत्यु

एजेन्सी – सीमा क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मी्बिच भएको भिडन्त तथा आक्रमणका घटनामा कम्तिमा १५ जनाको ज्यान गएको जनाइएको छ ।

जम्मू–कश्मीरसँग जोडिएको भारत–पाकिस्तान सीमा क्षेत्रको नियन्त्रण रेखामा शनिबार रातिदेखि भिडन्त भएको हो । पाकिस्तानी सेनाले गुण्डिशत गाउँ र तंगधारमा गरेको गोलाबारीमा आफ्ना दुई सुरक्षाकर्मी र एकजना सर्वसाधारणको ज्यान गएको भारतीय सेनाले जनाएको छ ।

अरु तीनजना घाइते भएका छन् । मारिने भारतीय सैनिक नेपाली मुलका छन् । झडपमा मारिने भारतीय सैनिकको नाम पदम बहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठ रहेको छ ।

पाकिस्तानले युद्धविराम उल्लंघन गरी भारतीय क्षेत्रमा आतंकवादीको घुसपैठ गराएको भारतीय सेनाले जारी गरेको बयानमा दाबी गरिएको छ । आफूहरुले गरेको जवाफी कारवाहीमा चरपन्थी अखडालाई निशाना बनाइएको भारतीय स्थल सेनाका प्रमुख विपिन रावतले बताएका छन् ।

सो कारवाहीको क्रममा कम्तिमा ६ र अधिकमा १० पाकिस्तानी सैनिक मारिएको उनले दाबी गरेका छन् । तीनवटा क्याम्प पनि ध्वस्त पारेको जनाएका छन् । यस्तै सो कारवाहीको क्रममा पाकिस्तानी सीमा क्षेत्रमा ६ देखि १० चरमपन्थी पनि पारिएको उनले दाबी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार