मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीमा बस दुर्घटना, १० जना घाईते

डोटीमा बस दुर्घटना, १० जना घाईते

  • शनिबार, कार्तिक २, २०७६
डोटीमा बस दुर्घटना, १० जना घाईते

डोटीमा बस दुर्घटना भएको छ। डडेल्धुराबाट महेन्द्रनगरतर्फ आईरहेको ना ४ ख ८२३५ नम्बरको  बस भीमदत्त राजमार्गको जोरायल गाउँपालिका वडा नम्बर २ को गरुडमा दुर्घटना हुदा १० जना घाईते भएको प्रहरीले जनाएको छ।

घाईतेहरुलाई उपचारका लागि अत्तरियाको पद्यमा अस्पताल ल्याईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नीरिक्षक मोहन साउदले बताए। बस सडकबाट १० मिटर तल खसेको छ।

दुर्घटना आज दिउँसो सवा तीन बजेतीर भएको हो। बस अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय बुडर र फल्टुडेको टोली उद्दारका लागी पुगेको छ। बसमा के कती यात्रु सवार थिए भन्ने कुरा खुलेको छैन्। याे समाचार दिनेश खवर अनलाइनबाट शाभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार