• होमपेज
  • छुटाउनु भयो कि?
  • पत्रकारलाई लैंगिक हिंसा, समाज र खोज पत्रकारिता सम्बन्धि ३ दिने तालिम

पत्रकारलाई लैंगिक हिंसा, समाज र खोज पत्रकारिता सम्बन्धि ३ दिने तालिम

  • शुक्रबार, कार्तिक १, २०७६
सेयर गर्नुहोस् :
पत्रकारलाई लैंगिक हिंसा, समाज र खोज पत्रकारिता सम्बन्धि ३ दिने तालिम

नन्दा थापा
असोज ९, बाजुरा–  लैंगिक हिंसा,समाज र खोज पत्रकारिता सम्बन्धि ३ दिने तालिम सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको छ । समाजमा महिला माथि हुने विभिन्न प्रकारका हिंसालाई पत्रकारिताको माध्यामबाट न्युनिकरण गर्न तालिम सञ्चालन गरिएको हो । महिला माथि हुने विभिन्न हिसां रुप पत्ता लगाई सञ्चार माध्यायमद्धारा सम्पेषण गरी महिला माथि हुने हिसां न्युनिकरण गर्न तालिम सञ्चालन गरिएको सञ्चारिका नेपालका अध्यक्ष नितु पण्डितले बताउनु भएको छ ।
तालिम समापन कार्यक्रममा समाजको ऐना भनेकै पत्रकारिता भएकोले सत्य तथ्य समाचार बाहिर ल्याउन बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आग्रह गरेका छन् । सही र गलत दुबै कुरालाई बाहिर ल्याउन सके मात्र पत्रकारिताको धर्म कायम हुने उनले बताए । सोही कार्यक्रममा बोल्दै उपप्रमुख कविता बिष्टले जिल्लामा महिला पत्रकारहरुको संख्यामा बृद्धि भएको भन्दै खुसी व्यतm गरेकी छन् ।
सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले सूचना सही र तथ्यमा रहेर मात्र सम्प्रेषण गर्ने आग्रह गरेका छन् । समाजमा रहेका हरेक गलत कुराको भण्डाफोर गरी सत्य तथ्य र विश्वसनीय समाचार जनता समक्ष ल्याउन अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले पनि जिल्लामा रहेका पत्रकारहरुको लगनशिलता प्रति कदर गरेका छन् । विभिन्न खोज पत्रकारिताबाट पछिल्लो समय जिल्लामा विभिन्न कुराले चर्चा पाएको जानकारी गदैँ जिल्लामा रहेका पर्यटकीय स्थलहरुको समेत चर्चा परिचर्चा गर्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चारिका समुहका अध्यक्ष नितु पण्डितको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,उपप्रमुख कविता बिष्ट, प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने, प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, बरिष्ठ पत्रकार तीर्थ कोईराला लगायतको सहभागिता रहेको थियो । बडिमालिका नगरपालिकाका बैठक कक्षमा सञ्चालन भएको तालिम ३ दिन सम्म सञ्चालन भएको हो । तालिममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यायममा कार्यरत २४ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार