शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • हुलदंगा मच्चाउने विदेशी पासपोर्टधारी एनआरएनलाई उनीहरुकै देशमा पनि कारवाही हुने

हुलदंगा मच्चाउने विदेशी पासपोर्टधारी एनआरएनलाई उनीहरुकै देशमा पनि कारवाही हुने

  • बिहिबार, अशोज ३०, २०७६
हुलदंगा मच्चाउने विदेशी पासपोर्टधारी एनआरएनलाई उनीहरुकै देशमा पनि कारवाही हुने

काठमाडौं । नेपालमा चलिरहेको ‘एनआरएन ग्लोबल कन्फरेन्स’मा भाग लिन आएका रमेश थापा नाम गरेका नेपाली मुलका अष्ट्रेलियन नागरिकलाई जेलबाट निकाल्न नसक्ने अष्ट्रेलियाली सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाली नागरिकता लिएका मानिसहरु कुनै अर्को देशमा जाँदा त्यहाँको कानुन पालना गर्नुपर्ने र कुनै अपराध बापत जेल जानुपरे अस्ट्रेलिया सरकारले उनीहरुलाई जेल बाट निकाल्न नसक्ने त्यहाँको विदेश मन्त्रालयले जनाएको हो ।

केही दिन अघि विभिन्न सञ्चार माध्यमहरूमा नेपाली मूलका ति व्यक्तिले काठमाडौं विमानस्थलमा रहेको अध्यागमन डेस्क तोडफोड गरेको समाचार सार्वजनिक भएको थियो ।

हाल काठमाडौंमा चलिरहेको ‘एनआरएन ग्लोबल कन्फरेन्स’ रमेशको तोडफोड र हिजो हायात होटलमा भएको हुलदंगाका कारणले चर्चित भइरहेको छ ।

अष्ट्रेलियाको विदेश मामिला मन्त्रालयले जारी गरेको ‘स्मार्ट ट्राभलर’ नामक वेबसाइटले नेपालमा छँदा अस्ट्रेलियन राहदानी रहेकाहरुलाई त्यहीँको कानुन लाग्छ भनेर उल्लेख गरेको छ ।

अपराध गर्नेहरुलाई अस्ट्रेलियाली सरकारले खालि ‘कन्सुलर’ सेवा मात्र उपलब्ध गराउन सक्छ । तर, जेलबाट मुक्त गराउन वा जेलमा अरु बन्दीहरुलाई भन्दा अस्ट्रेलियाली नागरिकलाई राम्रो व्यावहार गर्न स्थानीय अधिकारीहरुसँग पहल गर्न नसक्ने पनि विदेश मन्त्रालयको भनाई छ ।

साथै, नेपाल र अस्ट्रेलिया बीच दोहोरो नागरिकता सम्झौता नभएका कारण कन्सुलर सहायतामा थप कठिनाइ हुनसक्ने पनि बताइएको छ ।
विदेश जाने अस्ट्रेलियालीहरुले यहाँको कानूनको पनि ख्याल राख्नुपर्ने हुन्छ नत्र फर्केर आउँदा यहाँ पनि कारवाही हुनसक्ने मन्त्रालयको भनाई छ ।

यसो हुँदा यहाँ आएर यहिँको राजनीतिक दल र तिनका कार्यकर्ताको जस्तो व्यवहार देखाइरहेका एनआरएनहरु भोलि आफ्नो कर्मक्षेत्रमा फर्कदा त्यहाँ पनि कारवाहीमा पर्न सक्ने देखिएको हो ।

चर्चामा

सम्बन्धित समाचार