• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

  • शनिबार, अशोज २५, २०७६
आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जारी गरेको प्रेस विज्ञप्ती

प्रस्तुत विषयमा विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्ष २०७६/७७ मा पनि यहि आउँदो कार्त्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाका ६ देखि ५ वर्षसम्मका बाल बालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम यथावत रहेको व्यहोरा जानकारी गराउँदछौं ।

साथै यी दिनहरुमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन (IMAM) कार्यक्रम लागु भएका जि्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुलाई MUAC Tape बाट पोषण स्थिति लेखाजोखा र ६ देखि २३ महिनाबा बाल बालिकाहरुलाई बहुसुक्ष्म पोशक तत्व- बालभिटा वितरण कार्यक्रम पनि रहेकोले यस कार्यक्रम सम्वन्धित नगर गाउँ पालिका अन्तर्गतका लक्षित सामूहसम्म कार्यक्रम र सेवाको सुनिश्चितता र आवश्यक व्यवस्थापनका लागि त्यहाँबाट आफ्नो मातहतका सम्पूर्ण निकायहरुमा राष्ट्रिय भिटामिन ए आम वितरण अभियान सफलतापूर्वक सम्पन्न गर्न गराउन विगतमा जस्तै सहयोग समन्वय प्रचार प्रसार तथा आवश्यक सहजीकरको लागि सम्पूर्ण नगर गाउँ पालिकाहरुमा समन्वय गरिदिनुहुन आदेशानुसार अनुरोध छ । कार्यक्रम लागू भएका पालिका तथा जिल्लाहरुका लिष्ट यसै साथ संलग्न छ ।

भिटामिन ए खुवाउने दिन कोहिपनि नछुटुन र कोहीपनि नदोहोरिउन भन्नको लागि तपाइले पनि फेसबुकमा १ शेयर गरिदिनुहोला । घरमा स साना बालबालिकाहरु छन् भने यो समाचार देखेपछि क्यालेन्डर वा भित्तेपात्रोमा कात्तिक २ र ३ गते चिन्ह लगाइहाल्नुहोस् है । सम्झनुहोस् कात्तिक २ र ३ भिटामिन ए खुवाउने दिन ।

चर्चामा

सम्बन्धित समाचार