शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

  • बुधबार, अशोज ८, २०७६
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

कलात– दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ ।

कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ ।

गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो हवाई कारबाही गरेको जनाइएको छ । यस कारबाहीमा सर्वसाधारणको हताहतको भने कुनै समाचार प्राप्त भएको छैन । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार