बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा भूकम्प : २२ जनाको मृत्यु, घाइतेको संख्या ३०० नाघ्यो

पाकिस्तानमा भूकम्प : २२ जनाको मृत्यु, घाइतेको संख्या ३०० नाघ्यो

  • बुधबार, अशोज ८, २०७६
पाकिस्तानमा भूकम्प : २२ जनाको मृत्यु, घाइतेको संख्या ३०० नाघ्यो

पाकिस्तानको राजधानी इस्लामावादलगायत पाकिस्तान प्रशासित कश्मीरमा मंलगबार साँझ गएको भूकम्पमा परेर २२ जनाको मृत्यु भएको बताइएको छ। भूकम्पमा परेर ३०० भन्दा बढी घाइते भएका बीबीसीले लेखेको छ। भारतको राजधानी दिल्ली र उत्तरप्रदेशमा समेत धक्का महसुस गरिएको भूकम्पमा २२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले बताएका छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। पाकिस्तान प्रशासित कश्मीरको मीरपुरका प्रहरी अधिकृत डिआइजी गुलफराज खानले अहिलेसम्म २२ जनाको भूकम्पमा परेर मृत्यु भएको र ३०० भन्दा बढी घाइते रहेको बताएका छन्। पाकिस्तानी समयअनुसार ४ बजेर ४३ मिनेटमा गएको भूकम्पका परकम्प आउने क्रम जारी रहेका छन्। अमेरिकाको भूकम्प मापन केन्द्र युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेका अनुसार पाकिस्तानमा गएको भूकम्प ५.८ रेक्टर स्केलको थियो। उक्त भूकम्पको केन्द्र पञ्जाव प्रान्तको झेलम सहरभन्दा ५ किलोमिटरको दूरीमा थियो। भूकम्पले सडक भत्किएका र भौतिक संरचना ध्वस्त भएका बताइएको छ। भूकम्प पीडितको राहतमा सुरक्षाकर्मी र सरकारी निकाय खटिएको पाकिस्तानको सेनाले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार