शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सामाजिक सेवा दिवसको अबसरमा बिरामीलाई आर्थिक सहयोग

सामाजिक सेवा दिवसको अबसरमा बिरामीलाई आर्थिक सहयोग

  • सोमवार, अशोज ६, २०७६
सामाजिक सेवा दिवसको अबसरमा बिरामीलाई आर्थिक सहयोग

सामाजिक सेवा दिवसको अबसरमा एक बिरामीलाइ सहयोग गरिएको छ । बडिमालिका नगरपालिका २ माझिँगाउ बस्ने रुपक नेपालीकि छोरी ३ बर्षकी सर्मीला नेपालीलाई उपचार सहयोग भन्दै २३ हजार ५ सय हस्तान्तरण गरिएको छ ।
रुपक नेपालीले भाच्चिएको छोरीको उपचार गर्न आर्थिक अभाब रहेको भन्दै पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएपछि उनलाइ सहयोग जुटेको हो । पैशा नभएर उपचारमा समस्या रहेको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि फिल्म निर्माता, कलाकार तथा सामाजिक अभियान्ता अमित ढुङगानाले १० हजार सहयोग गरेका छन् । त्यस्तै सामाजिक अभियान्ता डम्मर बोहार र उनिक श्रीमति पशुपति कुवर बाट ५ हजार, जिल्ला प्रहरी कार्यलय बाजुरा बाट ५ हजार, बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले २ हजार ५ सय र उद्योग बाणिज्य संघ बाजुराका सचिब गोपाल कार्कि बाट १ हजार सहयोग प्रदान गरिएको छ ।
रुपक नेपालीको आर्थिक अबस्था कमजोर भएको र खान लगाउन समस्या रहेकोले मालिका नमुना उमाबिका प्रार्चाय शुभराज पाध्यायले ५० केजी चामल दिएका छन् । सहयोग रकम प्रार्चाय शुभराज पाध्याय र बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट मार्फत पिडितलाई एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको पत्रकार महासंघ बाजुराका सचिब प्रेम बिकले वताएका छन् । फिल्म निर्माता तथा कलाकार अमित ढुङगानाले साहु बाट ब्याजे रिज झिकेर उपचार गरेको सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि आफुले सानो सहयोग गरेको वताए ।
रुपक नेपाली कि छोरी भदौ १० गते लडेर जिल्ला अस्पताल बाजुरामा उपचारमा छन् । छोरीको उपचारका लागि भन्दै गाँउ बाट सयकडा ३ रुपैया ब्याजेमा ९ हजार रिन झिकेर आएका थिए । उनका घरमा ६ जना परिवार छन्, जग्ग जमिन समेत नभएका रुपक अपांग रहेको गोपाल कार्कीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार