बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • सामाजिक सेवा दिवसको अवसरमा रक्तदाता सम्मानित

सामाजिक सेवा दिवसको अवसरमा रक्तदाता सम्मानित

  • सोमवार, अशोज ६, २०७६
सामाजिक सेवा दिवसको अवसरमा रक्तदाता सम्मानित

बाजुरा जिल्लामा पनी चालिसौं सामाजिक सेवा दिवस आज विभिन्न रचनात्मक कार्यक्रम गरी मनाएको छ । २०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर यस दिवस मनाउन थालिएको हो । यस अवसरमा बडिमालिका नगरपालिकाको आयोजनामा रक्तदाताहरुलाइ सम्मानीत र प्रभात फेरी कार्यक्रमको आयोजना गरि मनाएको छ । नगरपालिकाको आयोजना गरेको कार्यक्रममा जिल्ला अस्पतालमा बिभिन्न समय रगतको अभावमा शैयामा छटपटाईरहेका बिरामीहरुलाइ रगत दान गर्ने ७४ जना रक्त दाताहरुलाई सम्मान गरेको बडिमालिका नगरपालिका कर्मचारी बिरबहादुर बिष्टले बताएका छन् ।   सम्मानित हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धवसिहं भाट,  जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर टिकाराम राई, नेपाल पत्रकार महासघं बाजुराका सचिव प्रेम बिक, राष्ट्रिय समाचार समितिका बाजुरा सम्बादाता प्रेम रौले लगायत ७४ जनालाई सम्मान गरेको बिष्टले बताएका छन् ।  बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकार िगंगाप्रशाद न्यौपाने रहेका थिए । कार्यक्रममा बिभिन्न समाजिक संस्थाका प्रमुखहरु गैससका प्रतिनिधिीहरु पत्रकार बिद्यार्थी बिभिन्न बिद्यालयका एनसीसी लगायतको उपस्थीती रहेको थियो । बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रगंमल बिकले कार्यक्रमको स्वागत गरेको कार्यक्रमा बिभिन्न सामाजिक संस्था लगायत नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहंले शुभकामना मन्तब्य राखेका थिए । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने सामाजिक सेवामा अनवरत रुपमा लागेको सबै ब्यक्ती तथा संस्थाहरुलाइ धन्यबाद ज्ञापन समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार