शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • महाकाली अस्पतालमा २८ डाक्टरको दरबन्दी, दुईजना मात्रै कार्यरत

महाकाली अस्पतालमा २८ डाक्टरको दरबन्दी, दुईजना मात्रै कार्यरत

  • आइतवार, अशोज ५, २०७६
महाकाली अस्पतालमा २८ डाक्टरको दरबन्दी, दुईजना मात्रै कार्यरत

कञ्चनपुर : कञ्चनपुरको महाकाली अस्पतालले दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आएको छ । तत्कालीन महाकाली अञ्चल अस्पताल रहेको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरको अस्पताल अहिले सुदूरपश्चिम प्रदेश मातहतमा छ ।

अस्पतालमा अझै पनि दरबन्दीअनुसार चिकित्सक पदपूर्ति भएको छैन् । अस्तालमा २८ जना चिकित्सकको दरबन्दी रहेकोमा प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भुदत्त जोशी गरी दुईजना डाक्टर मात्रै कार्यरत रहेका छन ।

सर्जन डा. कृष्ण भट्ट समायोजनमा कान्ति बाल अस्पतालमा गएपछि दुईजना मात्रै डाक्टर बाँकी रहेका हुन् । महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइते रेफर गर्ने गरेको बताए । दरबन्दीअनुसार डाक्टरको पदपूर्ति नभएका कारण समस्या भएको उनले बताए ।

उनका अनुसार अस्पतालमा खानेपानी, आफ्नै फार्मेसी छैन । विभिन्न आधुनिक मेसिन हुँदा पनि दक्ष जनशक्ति अभावका कारण थन्किएका छन् । आइसियू, सिकलसेल एनिमिया, सिआर्म, इलेक्ट्रिकल एन्टी स्नेक भेनम, कटरीलगायतका मेसिन थन्किएका छन् । पाँच वर्षअघि जडान गरिएको आइसियु मेसिनसमेत थन्किएको छ । आर्थिक वर्ष ०७१÷७२मा आइसियु मेसिन जडान गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार