शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तान, सिरियासहित १२ देशलाई नेपाल–भारत सीमा मार्ग प्रयोग गर्न प्रतिबन्ध

पाकिस्तान, सिरियासहित १२ देशलाई नेपाल–भारत सीमा मार्ग प्रयोग गर्न प्रतिबन्ध

  • शुक्रबार, अशोज ३, २०७६
पाकिस्तान, सिरियासहित १२ देशलाई नेपाल–भारत सीमा मार्ग प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी । भारतले पाकिस्तानसहित १२ देशका लागि नेपाल–भारत सीमामा सडक मार्ग गरेको छ । भारतीय आप्रवासन कार्यालयले बुधबार सीमा सडकखण्ड बन्द गराएको जानकारी दिएको हो ।

१२ देशबाहेक अन्य देशका नागरिकले सहज रूपमा आवतजावत गर्न पाउने हिन्दुस्तान टाइम्सले जनाएको छ । अफगानिस्तान, इथियोपिया, क्यामरुन, घाना, इराक, लाइबेरिया, निगेरिया, जिम्बाबे, सोमालिया, प्यालेस्टाइन, सिरिया र स्वाजीलैण्ड लगायतका देशलाई प्रतिबन्ध लगाएको हो।

पाकिस्तानी नागरिकलाई प्रवेशाज्ञा लिएर मात्र भारत आउन अनुमति दिने गरेको छ । यसैगरी, पाकिस्तानी नागरिकलाई नेपाल सरकारले समेत प्रवेशाज्ञा अनुमति पत्र दिनलाई रोकिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

नेपाल–भारत सीमामार्गबाट पाकिस्तानी नागरिकालाई आवतजावत गर्न कुनै पनि अनुमति नदिने सुनौलीस्थित आप्रवासन कार्यलयका अधिकृतले बताएका छन् ।

पाकिस्तानी नागरिकलाई नेपाल जानको लागि प्रवेशाज्ञा भिसा नदिएको आप्रवासन कार्यालय जनाएको हिन्दुस्तान टाइम्स पत्रिकामा उल्लेख गरिएको छ। भारत सरकारको यो निर्णयबाट नेपालको बाटो हुँदै जाने पाकिस्तानी नागरिकलाई असर पर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार