बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विप्लव सह–सचिव नेकपामा प्रवेश (बिज्ञप्ती सहित)

विप्लव सह–सचिव नेकपामा प्रवेश (बिज्ञप्ती सहित)

  • शुक्रबार, अशोज ३, २०७६
विप्लव सह–सचिव नेकपामा प्रवेश (बिज्ञप्ती सहित)

बाजुरा ३,असोज : नेपाल कम्युनिष्ट पाटी नेकपा( विप्लव) समुहका जिल्ला सह सचिव दान बहादुर खड्का (किशोर) शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी नेकपामा प्रवेश गरेका छन्
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीबाट विप्लव समुहको संगठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सुचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का शुक्रबार नेकपा बाजुराका प्रवेश गरेको पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती निकालेर नेकपामा गएको बताए ।


नेत्रविक्रम चन्द (विप्लव) समुहको स्पष्ट कार्यदिशा, राजनितिक, बैचारिक धरातल नभएका कारण उक्त पाटी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेको विप्लव समुहका जिल्ला सह सचिव खड्काले प्रेस विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
श्रमजीवी सर्वहारा वर्गको मुक्तिका लागि सुरु भएको विश्व भरीको कम्युनिष्ट आन्दालनको हिस्साका रुपमा सामन्ती,दलाल पुजीबादी अधियानयकत्वका विरुद्ध संर्घष गरी नेपाली जनतालाई न्याय दिने उद्देश्यले विप्लव समुहमा गएको विज्ञप्तीमा भनिएको छ ।
उनले शुक्रबार जारी गरेको विज्ञप्ती र पत्रकार सम्मेलनमाआम नेपाली जनताको जीवनमा आर्थिक समृछी ल्याउन समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टि  (नेकपा) मा निरन्तर रुपमा लाग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाजुराले शुक्रबार सदरमुकाम मार्तडी स्थित नेकपाको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्का नेकपामा प्रवेश गरेको नेकपा बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले नेत्रविक्रम चन्द(विप्लव) समुह परित्याग गरी अन्य पाटीमा प्रवेश गरेपछि विप्लव समुहमा नरहेको क्षेत्र र केन्द्रमा जानकारी पठाउने बताएका छन् ।
उनले तत्कालिन विप्लव समुहका गतिविधीमा संलग्न नभएको र खड्का सामान्य धरौटीमा छुटेको प्रहरी नायव उपरिक्षक भाटले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार