मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सम्बिधान दिवसकाे अबसरमा बिबिध कार्यक्रम गरि मनाइयाे 

सम्बिधान दिवसकाे अबसरमा बिबिध कार्यक्रम गरि मनाइयाे 

  • शुक्रबार, अशोज ३, २०७६
सम्बिधान दिवसकाे अबसरमा बिबिध कार्यक्रम गरि मनाइयाे 
सम्बिधान दिवसकाे अबसरमा बिबिध कार्यक्रम गरि मनाउदै तस्वीर लक्ष्मीराज पाध्याय

बाजुरा ३ असाेज
बाजुरामा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि निकालेर सदरमुकाम मार्तडी भरी परिक्रमा गरेर संविधान दिवस मनाइएको हो। सदरमुकाम मार्तडीकाे खुला मंचबाट निकालिएको र्याली जिल्ला समन्वय समितिकाे प्रागंणमा गएर काेण सभाकाे अायाेजना गरि समापन गरिएकाे थियाे ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सरकारी कार्यालय, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले ३ दिन अगाडि देखी सरसफाइ गरि मनाएकाे थियाे । जिल्ला समन्वय समिति बाजुराकाे प्रागंणमा संचालन भएकाे कार्यक्रम अाैपचारीक रूपमा संचालन गरिएकाे थियाे जिल्ला समन्वय समिति बाजुराका उप प्रमुख सुनिता मिजारकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट, नेकपा नेता काशी बिक, नेपाली काग्रेशका जनक थापा, प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्याैपाने अतिथिकाे रूपमा रहेका थिए । कार्यक्रमकाे संचालन जिल्ला समन्वय समिति बाजुराका क्रमचारी चक्र जाेशीले गरेकाे अायाेजकले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार