बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • दुई महिनापछि मैदान फर्कदै मेसी

दुई महिनापछि मैदान फर्कदै मेसी

  • बुधबार, अशोज १, २०७६
दुई महिनापछि मैदान फर्कदै मेसी

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेसी दुई महिनापछि मैदान फर्कने भएका छन्।

मेसी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति हुने समूह ‘एफ’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध मैदान फर्कन लागेका हुन्।

पिडुलामा चोट लाग्दा मेसी गत जुलाइदेखि मैदानमा उत्रिएका थिएनन्। उनले पछिल्लो पटक अर्जेन्टिनाका लागि कोपा अमेरिका खेलेका थिए।

त्यसपछि घाइते भएका मेसीले बार्सिलोनाका लागि ला लिगाका सुरुवाती चार खेल गुमाएका थिए।

मेसीले मेडिकल पास गरेको र सोमबारको प्रशिक्षण गरेको बार्सिलोनाले जनाएको छ।

नियमित कप्तान मेसी नहुँदा बार्सिलोनाले ला लिगाका ४ मध्ये २ खेलमा मात्र जित हात पारेको छ।

मेसीको अनुपस्थितिमा बार्सिलोनाले १६ वर्षीय फरवार्ड अंसु फाटीलाई मौका दिएको छ। उनले टिमका लागि २ गोल गरिसकेका छन् भने १ पास गोलका लागि दिएका छन्।

रियल बेटिसविरुद्धको खेलमा डेब्यू गरेका फाटी १६ वर्ष २९८ दिन उमेरमा खेल्दै बार्सिलोनाबाट खेल्ने दोस्रा कान्छा खेलाडी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार