शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमाली
  • गुम्बामा भालुको आक्रमणबाट एक जना घाईते

गुम्बामा भालुको आक्रमणबाट एक जना घाईते

  • सोमवार, भदौ ३०, २०७६
गुम्बामा भालुको आक्रमणबाट एक जना घाईते
सा‌केतीक फोटा

बडिमालिका समाचार
बाजुरा ३० भदौ । बाजुराको हिमाली गाउपालिका ३ गुम्बा गाउमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते बनाएको छ ।
घाईते हुनेमा रामसिंह भोटे थापाका ३५ वर्षिय छोरा मंगल भोटे थापा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख तथा प्रहरी निरिक्षक जनक ढुंगानाले जानकारी दिए ।
सोमबार विहान नौ बजे बस्तु भाउ चराउन जंगल गएको समयमा थापालाई गम्भीर घाईते बनाएको हो ।
घाईते थापालाई कोल्टि प्राथामीक स्वास्थ्य चोकी ल्याउन दुईदिन बढी लाग्ने हुन्छ, गम्भीर घाईते भएकोले उपचारको लागी हेलिकम्टको तयारीको लागी खोजी भईरहेको निरिक्षक ढुंगानाले बताए । गुम्बा गाउ बाजुरा जिल्ला सदरमुकामबाट चार दिनको पैदल दुरीमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार