शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका

११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका

  • आइतवार, भदौ २९, २०७६
११ वर्षदेखि घाँटी घाँटीसम्मको खोला तरेर पढाउन विद्यालय पुग्ने शिक्षिका

भारतको उडिसा राज्यकी बिनोदिनी समल विद्यार्थी वर्षाको समयमा घाँटीसम्मको पानी तरेर भएपनि पढाउन सधैँ नदी तरेर विद्यालय पुग्छिन् । ५३ छात्रा विद्यार्थीलाई पढाउनको लागि राठियापाल प्राथमिक विद्यालयमा पुग्छिन् । विनोदिनी भन्छिन, ‘सधैँ पानीमा भिज्दा बिरामी पनि भएँ तर अहिलेसम्म बिदा लिएकी छैन।’ घरदेखि विद्यालय तीन कि।मि। टाढा छ । उनी राठियापालमा स्वयसेवी शिक्षकको रूपमा पढाउँछिन् । उनको महिनाको तलब ७ हजार छ।

उनलाई शिक्षा विभागले २ हजारमा नियुक्ति गरेको हो । उनी यस विद्यालयमा २००८ देखि अध्यापन गराइरहेकी छिन् । ११ वर्षदेखि उनी सधैँ खोलाको बाटो हुँदै जान्छिन् । ‘वर्षमा यहाँको अवस्था झन् खराब हुन्छ, पानी घाँटीसम्म आउने गर्छ,’ उनी भन्छिन, ’मेरा लागि यो काम सबैभन्दा ठूलो हो । घरमा बसेर के गर्नु रु’ सुरुवातीमा १७ सय रुपैयाँ थियो । उनले भनिन्, ‘नदीमा ४० मिटरको पुल बनाउने प्रस्ताव लगेको छ । तर, अहिलेसम्म पुल बन्न कुनै सम्भावना छैन ।’ धेरै गर्मी हुँदा पानीको बहाब कम हुन्छ ।

वर्षाको समयमा पुनः पहिलेको जस्तै हुन्छ। विद्यालमा २ शिक्षक छन् । प्रधानाध्यापक काननबाला मिश्रा र बिनोदिनी । वर्षाको समयमा प्रधानाध्यापक र धेरै विद्यार्थी विद्यालय पुग्दैनन्। तर, बिनोदिनी सधै पुगेकी हुन्छिन् । बिनोदिनी सधै एक जोर कपडा र मोबाइल एउटा प्लाष्टिक झोलामा राख्छिन् । त्यहीँ झोला शिरमा राखेर नदी तर्छिन् । विद्यालय पुगेर उनी विद्यालको पोशाक लगाउँछिन्

चर्चामा

सम्बन्धित समाचार