शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धित निकाय माैन

सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धित निकाय माैन

  • शनिबार, भदौ २८, २०७६
सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धित निकाय माैन

प्रेम रौले
मार्तडी २७ भदौ । बाजुराको बुढीगंगा नगरपालिका–७ खारेखेतमा अवस्थित आस्थाको धरोहरका रुपमा रहेको भगौती ढुंगाको वरिपरि रहेको २ रोपनी सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको प्रति स्थानीयले गुनासो गरेका छन् ।
सोही नगरपालिका–७ बस्ने स्थानीय रमेशबहादुर विष्टले उक्त रोपनी सार्वजनिक जग्गामा घर र बनाएर बस्ने गरेको स्थानीयको भनाई छ ।
पर्यटकीय क्षेत्रमा रुपमा स्थापित गर्न सकिने भगौती ढुंगाको जग्गा एक व्यक्तिले अतिक्रमण गर्दा समेत वडा कार्यालय र नगरपालिका मौन रहेको वडा सदस्य धर्मबहादुर खड्काले बताए ।
जग्गा अतिक्रमण गर्दै गएर खेती लगाउने र घर बनाएको प्रति कसैको ध्यान नगएको उनीहरुको आरोप छ ।
पटक पटक वडा कार्यालयलाई अतिक्रमण गरेको जग्गामा बसोबास गर्दै आएका व्यक्तिलाई जग्गा खाली गर्न माग सहिति वडा कार्यालयलाई ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएको प्रति स्थानीय आक्रोसित बन्दै गएका छन् ।
नगरपालिका–७ का वडा अध्यक्ष भुवनसिं केसीले स्थानीय रमेश विष्टले घर बनाएर कुखुरा फर्म समेत संचालान गर्दै आएकाले पटक पटक जग्गा छोड्न भन्दा नमाने बताए ।
वडा कार्यालयले उक्त क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नका लागि दुई लाख रकम विनियोजन गरी घेरबार गर्न लागेको अध्यक्ष केसीले बताए ।
वडाअध्यक्ष केसीले तत्काल उक्त ढुंगाको क्षेत्रमा लगाइएको घर र अन्य टहरा हटाउन पत्र पठाउने उनको भनाई छ । तत्काल नहटाइए कानुनी प्रक्रियामा अघि बढ्ने वडा अध्यक्ष केसीको भनाई छ ।
ढुंगाको तलबाट खस्ने सम्भावना भएकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको छ । खस्न सक्ने भएकाले स्थानीयबासीहरु त्रसित बनेका छन् ।
बडीमालिका माताले फाल्दा यहाँ आएर खसेको बुढापाकाहरुले बताएका छन् । बडीमालिकाको पुजा लाग्ने दिनमा यहाँका स्थानीयहरु पुजा आरधाना गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार