मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बलिउडकी अविवाहित अभिनेत्री, जो आमा बनिन् !

बलिउडकी अविवाहित अभिनेत्री, जो आमा बनिन् !

  • शनिबार, भदौ २८, २०७६
बलिउडकी अविवाहित अभिनेत्री, जो आमा बनिन् !

मुम्बइ : बलिउड अभिनेत्री तथा मोडेल ब्रुना अब्दुल्लाह विवाहअघि नै आमा बनेकी छन् ।

उनले हालै आफ्नी नवजात शिशुको तस्बिर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै आफ्ना प्रसंशकलाई ‘गुड न्युज’ साटेको बताइन् ।

ब्रुनाले ‘परिवारमा नयाँ सदस्यको परिचय गराउँदै खुसी व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत ३१ अगस्टमा उनले छोरी जन्माएकी थिइन् । तर अहिले उनको छोरीको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

ब्रुना ब्राजिलियन मूलकी मोडेल हुन् । जसले ‘मस्तीजादे’ ‘ग्रान्डमस्ती’, ‘आई हेट लभस्टोरी’ लगायत  बलिउड फिल्ममा काम गरिसकेकी छन् । बेलायती प्रेमी एलन फ्रेजरको साथ रहने उनले गत वर्ष आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन् ।

साथै केही अन्तर्वार्तामा उनले विवाह गर्नु जरुरी नहुने भन्दै प्रतिक्रिया दिँदैआएकी छन् । विवाह एक सर्टिफिकेट मात्रै भएकाले यसको आवस्यकता नरहेको उनको भनाइ थियो ।

चर्चामा

सम्बन्धित समाचार