शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • महाकाली लोकमार्ग अबरुद्ध, भर्तोलामा पहिरो

महाकाली लोकमार्ग अबरुद्ध, भर्तोलामा पहिरो

  • शुक्रबार, भदौ २७, २०७६
महाकाली लोकमार्ग अबरुद्ध, भर्तोलामा पहिरो

दार्चुला २७  भाद्र  । भाद्र महिनाको अन्तिम तिर परेको अविरल बर्षाका कारण महाकली लोकमार्गमा पर्ने खहरे खोलाहरुले सडक अबरुद्ध गरेपछि दुई दिन देखि यात्रुहरुले दुःख पाएका छन् । भाद्र २५ गते राती परेको बर्षाका कारण महाकाली नगरपालिका ८ काँकडामा रहेको काँकडा खोलाले सडक अबरुद्ध गरेको एकदिन पछि विहिबार राती परेको पानीले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भार्तोलामा फेरी बाटो अबरुद्ध भएको छ । बर्षाले भार्तोला खोलामा पहिरो परेपछि शुक्रबार विहानै देखि महाकाली लोकमार्ग अबरुद्ध छ । दार्चुला जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु भर्तोलामै रोकिएका छन् ।
भर्तोला खोलामा रहेको पुल नजिकै माथीबाट पहिरो खसेपछि बाटो अबरुद्ध भएको हो । बाटो खुलाउन सडक विभागका कामदारहरु प्रयास गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार