शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शिव परियार र बादल घिमिरेको ‘क्षतिपूर्ति’

शिव परियार र बादल घिमिरेको ‘क्षतिपूर्ति’

  • सोमवार, भदौ २३, २०७६
शिव परियार र बादल घिमिरेको ‘क्षतिपूर्ति’

काठमाडौं : शिव परियारलाई धोकाको क्षतिपूर्ति चाहिएको छ। उनले सरकारसँग धोका खानेले पनि क्षतिपूर्ति पाउनु पर्ने माग नै राखेका छन्। चोखो प्रेममा धोका दिने प्रवृति बढेको उनलाई पटक्कै मन नपरेको गीतमा बताएका छन्।

गायक परियारको स्वरमा रहेको ‘धोका खानेहरुले नि क्षतिपूर्ति पाउनु पर्छ’ बोलको गीत बजारमा आएको छ। गीतमा शब्द र संगीत संगीतकार बादल घिमिरेको रहेको छ। टिकटकबाट हिट भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको रोचक नृत्य र अभिनयले भिडियोलाई राम्रो बनाएको छ। उनीहरुसँगै कलाकार अर्जुन गौतमको पनि नृत्य भिडियोमा देखिन्छ। गीतमा अराज केशवको जोसिलो र्‍याप पनि रहेको छ। भिडियो निर्देशन सुवर्तराज आचार्यले गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार