शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले सिंगापुरमा टी–२० सिरिज खेल्ने

नेपालले सिंगापुरमा टी–२० सिरिज खेल्ने

  • शनिबार, भदौ २१, २०७६
नेपालले सिंगापुरमा टी–२० सिरिज खेल्ने

काठमाडौं २१ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरमा तीन राष्ट्रबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिररिज खेल्ने भएको छ । सिंगापुर क्रिकेट एसोसियसनको निमन्त्रणामा नेपालले सिरिज खेल्न लागेको हो ।

सिंगापुरले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक सिंगापुर र जिम्वाबेको सहभागिता रहनेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ३ तारिखसम्म हुने सिरिज डबल राउन्ड रोविनका आधारमा खेलिनेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिना अघि सिंगापुरमै भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

नेपालले सिंगापुरमा यस सिरिज सकेर ओमनमा हुने पाँच राष्ट्र सम्मलित टी–२० सिरिज खेल्न जानेछ । ओमनमा अक्टोबर ५ देखि १० सम्म सञ्चालन हुने सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमन, हङकङ र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार