मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा चोरीमा संग्लन चार जना पक्राउ

धनगढीमा चोरीमा संग्लन चार जना पक्राउ

  • बुधबार, भदौ ११, २०७६
धनगढीमा चोरीमा संग्लन चार जना पक्राउ

धनगढीमा फरक–फर स्थानबाट चोरीमा संग्लन चार जना पक्राउ परेका छन्। पसलमा चोरी गरेको आरोपमा तीन र एउटा होटलमा चोरी गरेको आरोप एक गरि चार जना पक्राउ परेका हुन्। सीमा प्रहरी चौकी बहुलीया फुलबारीबाट खटिईएको प्रहरी टोलीले चोरीमा संलग्न धनगढी उप–महानगरपालिका वडा नम्वर १९ बस्ने २३ बर्षीय सुदिप बोहरा, सोही ठाउँका २२ बर्षीय आकाश कार्की र १८ बर्षीय पवन परियारलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट चोरीको नगद रकम, रिचार्ज कार्ड र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गर्दै अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरु तीनै जना धनगढी उप–महानगरपालिका वडा नम्वर १८ बस्ने रुद्र प्रसाद रानाभाटले सञ्चालन गरेको किराना पसलबाट नगद ५० हजार सहित रिचार्ज कार्ड र सुन चोरीमा संग्लन भएको प्रहरीले जनाएको छ। यस्तै धनगढीमै होटलमा चोरी गरी भाग्दै गरेका एक जना पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ बस्ने अनिल बिकलाई प्रहरीले चोरीमा संग्लन रहेको भन्दै पक्राउ गरेको हो। मंगलवार विहान ५ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने अनिल होटल संचालक अमर बोहराको होटलमा उनले चोरी गरेको प्रहरीले जनाएको छ।

राती होटल कोठामा बास बसेको र राती सबै जना सुतेको अवस्थामा होटलको काउन्टरमा राखेको नगद तथा २ थान मोबाईल चोरी गरी भागी रहेको अवस्थामा ट्राफिक चौराहमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

चोरी गरेको नगद सात हजार ६ सय २० सहित २ थान मोबाईल बरामद गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जना धनगढीमा भएका अन्य स्थानका चोरीमा समेत संग्लन रहेको अनुमान प्रहरीले गरेको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार