बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गौरा हेरेर फर्किने क्रममा भीरबाट लडेर मृत्यु

गौरा हेरेर फर्किने क्रममा भीरबाट लडेर मृत्यु

  • मङ्लबार, भदौ १०, २०७६
गौरा हेरेर फर्किने क्रममा भीरबाट लडेर मृत्यु

बैतडी, १० भदौ । गौरा पर्व हेरेर घर फर्किने क्रममा बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ६ सित्तडका २६ वर्षीय दामोदर जोशीको शिद्धनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
मेला हेरेर घर फर्किने क्रममा सोमबार साँझ ६ः३० बजे सिद्धनाथ मन्दिर नजिककैको भीरबाट लडेर करिब पाँच सय मिटर तल खसेका जोशी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार