मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • गाडी किन्ने पैसाले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले किनिन् दुईवटा एम्बुलेन्स !

गाडी किन्ने पैसाले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले किनिन् दुईवटा एम्बुलेन्स !

  • मङ्लबार, भदौ १०, २०७६
गाडी किन्ने पैसाले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले किनिन् दुईवटा एम्बुलेन्स !

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला आफुलाई गाडी खरिद गर्न छुट्टाइएको पैसाले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यले दुई वटा एम्बुलेन्स खरिद गर्ने राखेकी छिन् । गाउँपालिकाले उहाँको लागि गत आर्थिक वर्षमा रु २६ लाख रकम छुट्याएको थियो । उपाध्यक्ष निर्वाचित भएदेखि नै उहाँले कुनै पनि सवारीसाधन प्रयोग गर्नुभएको छैन ।

भौगोलिकताले विकट एवं पहाडी भू–भाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरीद गर्न लगाएको उपाध्यक्ष बर्तौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरीद गर्न भनेकी हुँ ।”

दुई वटा एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बर्तौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।”

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिनुभएको छ । उहाँलाई वार्षिकरुपमा इन्धनबापत आउने रु तीन लाख टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नुभएको हो । हालसम्म १४ विद्यालयका ४८ जना टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही रु छ हजार २५० सहयोग गर्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार