शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लोक स्टारको उत्कृष्ट ११ मा बाजुराका दुई प्रतियोगी

लोक स्टारको उत्कृष्ट ११ मा बाजुराका दुई प्रतियोगी

उपाधी जित्ने ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्

  • शनिबार, भदौ ७, २०७६
लोक स्टारको उत्कृष्ट ११ मा बाजुराका दुई प्रतियोगी

नेपाल लोक स्टारको उत्कृष्ट ११ मा बाजुराका दुई जना प्रतियोगी परेका छन्। बाजुराका पविन्द्र सुनार र प्रभुराज पाण्डेयले उत्कृष्ट ११ मा स्थान सुरक्षित बनाउका हुन्। पाण्डेय काठमाडौँ अडिसनबाट प्रतियोगितामा सहभागी भएका हुन् भने सुनारले धनगढीमै अडिसन दिएका थिए।

कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए। लोकगीत र संगीतप्रति पहिलेदेखि नै रुचि राख्दै आएका पाण्डेय भने २०७० सालदेखि संगीतमा सक्रिय छन्। काठमाडौँ, दरबारमार्गस्थित ‘किङ प्यालेस’ मा दोहोरी गाउँदै आएका उनले अहिलेसम्म पाँच वटा गीत बजारमा ल्याईसकेका छन्।

साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिसनको यात्रा गरेको थियो।  अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ। देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार