• होमपेज
  • समाज
  • चितवनमा एकाविहानै पत्रकार पुडासैनीको पक्षमा नाराजुलुश

चितवनमा एकाविहानै पत्रकार पुडासैनीको पक्षमा नाराजुलुश

  • शनिबार, साउन ३२, २०७६
चितवनमा एकाविहानै पत्रकार पुडासैनीको पक्षमा नाराजुलुश

चितवन : माउन्टेन टिभिका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित ३ जनालाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको छ ।

शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरुले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाईने भन्दै नाराजुलुश गरे ।

शनिबार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार