शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • २८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

  • शनिबार, साउन ३२, २०७६
२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड
फाइल तस्बीर

२८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो ।

२०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए ।  २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् ।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ । आव  ०७५/७६ मा वाणिज्य बैङ्कहरुको औषत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

गत वर्ष राष्ट्र बैकले निक्षेप र कर्जाकामा औसत भारित  ब्याजदर अन्तर(स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भएपनि वाणिज्य बैङ्कले गत आवमा त्यस्तो अन्तर ५.७ राखेर नाफा बढाएको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार