• होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तर कोरियाद्धारा दक्षिण कोरियासँगको वार्ता अस्विकार

उत्तर कोरियाद्धारा दक्षिण कोरियासँगको वार्ता अस्विकार

  • शुक्रबार, साउन ३१, २०७६
सेयर गर्नुहोस् :
उत्तर कोरियाद्धारा दक्षिण कोरियासँगको वार्ता अस्विकार

उत्तर कोरियाले दक्षिण कोरियाको कदमलाई पूर्ण दोषी मान्दै आगामी दिनमा उससँगको वार्तालाई अस्वीकार गरेको छ। दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले बिहीबार दिएको बयानपछि उत्तर कोरियाले भविष्यमा उससँग वार्ता गर्ने कुनै ठाउँ नै नरहेको बताएको हो।

यसैबीच शुक्रबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटमा दुई ओटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सेनाले भनेका छन्। एक महिनाभन्दा कम समयको अवधिमा यो उत्तर कोरियाको छैटौँ क्षेप्यास्त्र परीक्षण हो। ६ दिन अघि मात्र उत्तर कोरियाले दुई ओटा छोटो दुरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रक्षेपण गरेको थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको जुनमा भएको एक बैठकमा परमाणु सम्झौता वार्ता फेरि सुरु सहमति भएसँगै परीक्षणको श्रृङ्खला सुरु भएको हो। उत्तर कोरियाले परमाणु हतियार विकासमा जोड दिएपछि उसले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरुको सामना गर्दै आइरहेको छ।

बिहीबारको भाषणमा दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले जापानी शासनबाट कोरिया मुक्त भएको इंगित गर्दै सन् २०४५ सम्म दुई कोरियाली प्रायद्वीप एक हुने बताएका थिए। दोस्रो विश्व युद्धको अन्त्यमा कोरिया दुई भागमा बाँडिएको थियो।

चर्चामा

सम्बन्धित समाचार