शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

  • सोमवार, साउन २७, २०७६
पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार– म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ । बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ । ‘अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढी पहिरोमा परेकाहरुको खोजी कार्य अझै पनि जारी छ,’ पाउङ नगरका प्रशासक जाव मोए औङले एएफपीसँग भने ।
अत्यधिक वर्षासँगै आएको बाढी पहिरोले मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ । सेना र प्रहरी समेतका सुरक्षाकर्मीहरु प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन् । प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पु¥याउन हेलिकोप्टरको समेत प्रयोग गरिएको छ ।
त्यस क्षेत्रमा बाढी पहिरोले झण्डै चार हजार घर प्रभावित भएका छन् । त्यस ठाउँबाट झण्डै २५ हजार विस्थापित भएका छन् । उनीहरुलाई विभिन्न ठाउँमा अस्थायी शिविरमा राखिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो ।
हाङचाओ-चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पु¥याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पु¥याएका प्रारम्भिक अनुमान छ ।

आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो । अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिरजाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन् ।

शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो ।

लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ । शुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ । -सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार