बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनमा समुद्री आंधी, १३ जनाको मृत्यु

चीनमा समुद्री आंधी, १३ जनाको मृत्यु

  • आइतवार, साउन २६, २०७६
चीनमा समुद्री आंधी, १३ जनाको मृत्यु

चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । १६ जना मानिस हराइरहेका छन् । सांघाई र ताइवानबीचको वेन्लिङमा आंधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।लेखिमा नाम दिइएको आंधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । विद्युत आपूर्ति बन्द हुंदा २७ लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ । हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द भएको छ । लेखिमा विस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको लेखिमाले शांघाईमा समेत असर पु¥याउने अनुमान गरिएको छ

चर्चामा

सम्बन्धित समाचार