बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानले आफ्नो सैनिकलाइ तयारी अबस्थामा रहन आदेश ( भारतमाथी परमाणु आक्रमण गर्न आदेश )

पाकिस्तानले आफ्नो सैनिकलाइ तयारी अबस्थामा रहन आदेश ( भारतमाथी परमाणु आक्रमण गर्न आदेश )

  • शुक्रबार, साउन २४, २०७६
पाकिस्तानले आफ्नो सैनिकलाइ तयारी अबस्थामा रहन आदेश ( भारतमाथी परमाणु आक्रमण गर्न आदेश )

काठमाडाैँ । जम्मु र कश्मीरको विषयलाइ लिएर भारत तथा पाकिस्तानबीच तनाव झनै बढेको छ । भारतले जम्मु तथा कस्मिरलाई विशेषाधिकार दिइदै आएकाे संवैधानिक व्यवस्था हटाएपछि दुवै देशबीच युद्धकाे अवस्था आएकाे विश्लेषण भइरहेछन् ।

तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरेको हो । पाकिस्तानकाे राजधानी स्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो ।

यसअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग कुटनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतका लागि आफ्ना नवनियुक्त राजदूतलाई पनि दिल्ली नपठाउने निर्णय गरेको छ ।

त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको व्यापारिक सम्बन्ध पनि तोडेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । र, उनले आफ्ना सेनालाइ जुनसुकै परिस्थिति सामना गर्नेगरी तैनाथ रहन निर्देशन समेत दिएका छन् ।

बुधबार प्रधानमन्त्री खानको अध्यक्षतामा पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठक बसेर भारतकाे कदमविरूद्ध रणनीत तय गरिएकाे छ । साे बैठकले पहिलाे चरणमा भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने, भारतीय कूटनीतिज्ञ फिर्ता पठाउने र कूटनीतिक सम्बन्ध नै ताेड्ने जस्ता कडा निर्णय गरेकाे छ । बैठकमा पाकिस्तानका विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, सेना प्रमुख, खुफिया एजेन्सीका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बिबिसीका अनुसार पाकिस्तानी प्रधानमन्त्री खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताइसकेका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत लैजाने र प्रतिवाद गर्ने बताएका छन् ।

यसअघि पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । त्यतिवेला भारत-पाकिस्ताबीच युद्धकाे स्थिति थियाे । पछिल्लो समयमा २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि दुवै देशका कुटनीतिक सम्बन्धमा तनाव बढेको थियो ।

भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ । हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार