आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • घागरका पचास परिवारलाई फिल्टर वितरण

घागरका पचास परिवारलाई फिल्टर वितरण

  • आइतवार, साउन १२, २०७६
घागरका पचास परिवारलाई फिल्टर वितरण
बडिमालिका नगरपालिका २ घागरमा फिल्टर वितरण गर्दै उपप्रमुख कवित विष्ट

बडिमालिका समाचार
बाजुरा १२ साउन ।  बडिमालिका नगरपालिका २ घागरका पचास परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ । वडाको समन्वय र भेरालमाण्डौ सामुदायीक वन, सुआहारा र स्थानीय स्वयमले आर्थिक संकलन गरी वडाको समन्वयमा आज वितरण गरीएको बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत्तले बताएका छन् ।
पूर्ण सरसफाई टोल निर्माणको लागी वडाले घागरलाई छनोट गरेर पूर्ण सरसफाई टोल बनाउन जनजागरण टोल विकासका सस्थाकाको नामाकरण गरेर पूर्ण सरसफाईमा अगाडी बढाएको अध्यक्ष महत्तले जनकारी दिए ।
पूर्ण सरसफाईको लागी भेरालमाण्डौ समुदायीक वनले ३० हजार,सुआहाराले ३० हजार र समुदायले प्रत्यक घरबाट चार सयका दरले पैशा संकलन गरेर ५० परिवारलाई फिल्टर वितरण गरीएको बडिमालिका नगरपालिकाकी उममेयर कविता विष्टले बताईन् । नगरपालिकालाई पूर्ण सरसफाई बनाउन नगरपालिका भरी बिभिन्न सचेतना मूलक कार्यक्रम गरी रहेको र घागरलाई नमूना टोलको रुपमा अगाडी बढाएको उपप्रमुख विष्टले बताईन् ।


घागरलाई नमूना बनाउन सवै घर दुरीमा गोठेमल व्यवस्थापन भकारो सुधार,जुठ्यान व्यवस्थापन ,सुधारीएको चुलो, सवै परिवारमा सौचालय र सबै परिवारले चर्पी प्रयोग गरिरहेका बडा अध्यक्ष डम्मर महत्तले जानकारी दिएको छन् । सवै घरमा पानिको व्यवस्था छैन आगीम दिनमा वडाबाठ एक घर एक पानिधाराबनाउने पलानका साथ काम अगाडी बढाएकोले पहल कदमी गरिरहेको महत्तले बताए ।

पूर्ण सरसफाई सम्बन्धि अभिमुखी करण कार्यक्रम तथा फिल्टर बितरणर कार्यक्रमका  आयाेजना गरी बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टकाे प्रमुद आथित्यमा वडा अध्यक्षऽ नगर टाेल समितिका पदािधकारी सुआहाराका कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरु उपस्थितिमा वितरण गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार