शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • डोटीमा फेरी वडा कार्यालयमा आगजनी

डोटीमा फेरी वडा कार्यालयमा आगजनी

  • आइतवार, साउन १२, २०७६
डोटीमा फेरी वडा कार्यालयमा आगजनी

डोटी १२ साउन  । डोटीमा शनिबार राती एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका वडा नं ७ लाटामाण्डौको वडा कार्यालयमा राती करिब ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयका दुई वटा कोठामा क्षेति भएको जनाइएको छ । अहिले इलाका प्रहरी कार्यालय दिपायलका प्रमूख सइ कमलापती पन्त नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगिसकेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक विद्यानन्द माझीले जानकारी दिए ।

घटनाका विषयमा बुझ्न वडा अध्यक्ष नरबहादुर बलायरलाई सम्पर्क गर्दा सम्पर्क हुन सकिरहेको छैन । रातीको समयमा आगजनी किन र कसले गरेको भन्ने केहि बुझ्न नसकिएको शिखर नगरपालिकाका प्रमूख सिताराम जोशीले बताए ।

आगजनी घटनाबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसै श्रावणको ७ गते मात्रै डोटीकै जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा आगजनी भए लगत्तै फेरी अर्काे घटना दोहोरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार