• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा एक बर्षमा सवारी दुर्घटनामा परि २ सय २३ जनाको मृत्यु

सुदूरपश्चिममा एक बर्षमा सवारी दुर्घटनामा परि २ सय २३ जनाको मृत्यु

  • बिहिबार, साउन ९, २०७६
सुदूरपश्चिममा एक बर्षमा सवारी दुर्घटनामा परि २ सय २३ जनाको मृत्यु
फाईल तस्वीर

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा पनि दुई सय २३ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक बर्ष २०७५/०७६ मा प्रदेशमा भएका दुई सय ३४ वटा सवारी दुर्घटनामा परी दुई सय २३ जनाले ज्यान गुमाएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी दुर्घटनमा चार सय ३४ जना घाईते भएका छन्। कैलाली जिल्लामा मात्रै ८५ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना घाईते भएका छन्। यस्तै कञ्चनपुरमा ५७ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ भने २० घाईते भएका छन्।

डडेल्घुरामा ३५ जनाको मृत्यु र एक सय छ जना घाईते, डोटीमा नौँ जनाको मृत्यु र ३३ जना घाईते, अछाममा १३ जनाको मृत्यु र २६ जना घाईते, बैतडीमा १० जनाको मृत्यु र ४३ जना घाईते, दार्चुलामा १५ जनाको मृत्यु र १९ जना घाईते, बझाङमा २४ जनाको मृत्यु र ३२ जना घाईते तथा बाजुरामा ६ जनाको मृत्यु र ४ जना घाईते भएका छन्।

चर्चामा

सम्बन्धित समाचार