शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • धनगढीबाट अछाम हिँडेको जिप कुडीगाडामा खस्यो

धनगढीबाट अछाम हिँडेको जिप कुडीगाडामा खस्यो

  • सोमवार, साउन ६, २०७६
धनगढीबाट अछाम हिँडेको जिप कुडीगाडामा खस्यो

डोटी, ६ श्रावण । डोटीमा सोमबार बिहानै स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार कैलालीको धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नम्बरको जिप बिहान ५ बजेतिर डोटीको पूर्वी चौकी गाउँपालिका–५, कुडीगाडामा सडकबाट खस्दा चालकसहित ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक अछामको मंगलसेन नगरपालिका–५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, यात्रुहरू अछामकै कमलबजार नगरपालिका–९ का ३३ वर्षीय दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका–६ का ३ वर्षीय रितेश ठकुल्ला, सोही ठेगानाका ३० वर्षीय हरक ठकुल्ला, ३ वर्षका रोनिश ठकुल्ला, २७ वर्षीया दीपा ठकुल्ला, रामारोशन गाउँपालिका–१ का २३ वर्षीया रेजिना खनाल घाइते भएका हुन् ।

यीमध्ये हरक, रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अछामकै बलयपाटा अस्पताल लगिएको छ ।

जिप सडकबाट १५० मिटर मुनि खसेको सानागाउँस्थित प्रहरी चौकीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार