आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • हरैयामा ऐलानी जग्गामा बसेका सुकुम्बासीलाई पनि लखेटियो, स्थानीय प्रशासन मुकदर्शक

हरैयामा ऐलानी जग्गामा बसेका सुकुम्बासीलाई पनि लखेटियो, स्थानीय प्रशासन मुकदर्शक

  • सोमवार, साउन ६, २०७६
हरैयामा ऐलानी जग्गामा बसेका सुकुम्बासीलाई पनि लखेटियो, स्थानीय प्रशासन मुकदर्शक

कैलालीको हरैया शिविरमा बस्ने सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। विगत १५ वर्षदेखि हरैयाको ऐलानी जग्गा उपभोग गर्दै आएका सुकुम्बासीका घर टहरा भत्काएपछि विचल्ली भएको छ।

तत्कालीन विद्रोही माओवादीले १५ वर्षअघि २०६१ सालमा हरैयामा आफूहरुलाई राखेपनि अहिले घर टहरा भत्काउदै उठाएपछि विचल्ली भएको ऐलानी जमिनमा बस्दै आएकी सरु बलाएरले गुनासो गरिन्। ‘विगत १० दिनदेखि सुकुमबासी शिविर भत्काउन थालेका उनीहरुले आइतबारदेखि ऐलानी जमिनमा सुकुमबासीले बनाएका घरटहरा भत्काएका छन्।’

घर टहरा भत्काउन आउने गुन्डाहरुका कारण आफूहरु असुरक्षीत भएपनि स्थानीय प्रशासन भने मुखदर्शक भएको सुकुम्बासीहरुको गुनासो रहेको छ। ऐलानी जमिनबाट समेत हटाएपछि विचल्लीमा परेका उनीहरु सडक छेउमा त्रिपाल टागेर बसेका छन्।

आफूले खरिद गरेको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्। सौभाग्य हाउजिङ प्रालीले उद्योगपति रणबहादुर शाहबाट हरैया शिविरको २३ बिघा पाँच धुर जमिन खरद गरेको थियो। सोही जमिनसंग जोडिएको एक बिघा सात कट्ठा सवा चार धुर जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाइएको छ।

सुदूरपश्चिमको राजधानी घोषणा गरिएको गोदावरी नगरपालिका वडा नम्बर ६ को पूर्वपश्चिम राजमार्गसँगै जोडिएको हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिन रहेको नापी कार्यालय धनगढीले जनाएको छ। नापी अधिकृत सुदर्शनसिंह धामीले सिट नम्बर ०२७–४१० को नक्सामा एक बिघा सात कठ्ठा सवार चार धुर ऐलानी जमिन रहेको बताए। हरैयामा बसेका सुकुमबासीलाई गुन्डा परिचालन गरी हटाउन थालेको ११ दिन पुगेपनि स्थानीय प्रशासन भने बेखबर रहेको छ।

चर्चामा

सम्बन्धित समाचार