आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा ०७५/०७६ मा सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो

अछाममा ०७५/०७६ मा सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो

  • आइतवार, साउन ५, २०७६
अछाममा ०७५/०७६ मा सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो

 एकेन्द्र महता

साउन, ५ अछाम । अछाममा सवारी दुर्घटनामा गत आर्थिक वर्ष २०७५÷०७६ मा १३ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार ८ जनाको ट्रयाक्टर दुर्घटनामा, ३ जनाको ट्रक दुर्घटनामा, १ जनाको जीप कार दुर्घटना, मोटरसाईकल र अन्य गरी दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका निमित्त प्रमुख दीपक बोहराले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा ५ जना पुरुष, २ महिला, ४ बालिका र २ बालक रहेको निमित्त प्रमुख दीपक बोहराले जानकारी दिनुभयो । अधिकांश दुर्घटना तीब्र गतिका कारण भएको बोहराको भनाई रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले गत आर्थिक बर्ष २०७५÷०७६ मा १६ लाख बढी राजश्व संकलन गरेको छ । १ हजार ५६ मोटरसाईकल कारर्बाहीबाट ५ लाख ७२ हजार, ८ सय ८७ ओटा जिपकार कारबाहीबाट ४ लाख ८३ हजार रुपैया राजश्व संकलन गरेको छ । यस्तै ४ सय ६४ ट्रक कारर्बाहीबाट २ लाख ६२ हजार ५ सय रुपैया, ३ सय ६ ट्याक्टर कारबाहीबाट १ लाख ७४ हजार ६ सय रुपैया, ३ सय ५ ओटा बस कारर्बाहीबाट १ लाख ६४ हजार ५ सय रुपैया र अन्य १३ ओटा सवारी साधनलाई कारबाही गरे वमफत ८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाईएको छ ।

कारबाही परेका मध्ये सिटबेल्ड नभएका ९१ ओटा सवारी साधनलाई कारबाही गरे वाफत ४५ हजार पाँच सय रुपैया, ओभर लोड गरि चलाएका ४४ साधनबाट २९ हजार पाँच सय रुपैया, मादक पदार्थ सेवन गर्ने ३१ सवारी चालकलाई कारबाही गरे वफत ३१ हजार राजश्व संकलन गरेको छ । यस्तै छतमा सामान ओसारपसार गर्ने २३ सवारी कारबाहीबाट १४ हजार रुपैया र तीव्र गतिमा चलेका ९ ओटा सवारी कारबाहीबाट ४ हजार ५ सय रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख बोहराले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामुलक कार्याक्रम समेत गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परिक्षण दुई पटक, ओभर ट्याक सम्बन्धि कक्षा १ पटक, र नयाँ सवारी चालकलाई जनचेतनामुलक कार्याक्रम गर्दै आएको छ । यस्तै कार्यालयले विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायि, चालक, परिचालकहरु संग दुर्घटना सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार