शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

  • शनिबार, साउन ४, २०७६
भीरबाट लडेर महिलाको मृत्यु

कल्सरी सुनार
बाजुरा ४ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा शनिबार भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु वि.क. रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिएका छन्।
उनले दिएको जानकारी अनुसार शनिबार विहान ७ः०० बजे गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला लडेर मृत्यु भएको बताए ।
उक्त मेलामा घाँस काटिरहेका बेला गोडा चिप्लिएपछि भीरबाट लडेर मृत्यु भएको मृतकका श्रीमान असारे वि.क.ले बताउनु भएको छ । मृतकका तीन छोरा र एक छोरी सहारा विहिन बनेका छन् ।
प्रहरीलाई खवर गरेको भएपनि घटनास्थल पुग्न अझै २ घण्टा लाग्ने स्थानीयले बताएका छन् । कर्णाली नदीको पारी रहेको उक्त वडामा पैदल यात्रा गरेर जान निकै असहज बाटो रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार