• होमपेज
  • बाजुरा बिशेष
  • क्षमता भन्दा बढि यात्रु बोक्दा जिप दुर्घटना २ जनाको मृत्यू, १२ जना घाईते

क्षमता भन्दा बढि यात्रु बोक्दा जिप दुर्घटना २ जनाको मृत्यू, १२ जना घाईते

  • शुक्रबार, साउन ३, २०७६
क्षमता भन्दा बढि यात्रु बोक्दा जिप दुर्घटना २ जनाको मृत्यू, १२ जना घाईते

बडीमालिका खवर
बाजुरा ३ साउन
क्षमता भन्दा बढि यात्रु बोक्दा जिप दुर्घटना भएको छ । बढिमा ६ जना सम्म यात्रु बोक्न पाँउने भएपनि क्षमता भएपनि १६ जना सवार हुँदा उकालोमा गाडि चढन नसक्दा पछाडि आउँदा जिप दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । क्षमता भन्दा बढि बोकेको जिप कर्णाली करिडोर अन्र्तगत जगन्नाथ गाउँपालिका वडा न ५ भुवाखोलामा दुर्घटना भएको हो ।
क १ ज २१ नम्बरको जीप दुर्घटना हुदा दुई जनाको मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । मृत्यू हुनेमा मुगु जिल्ला खत्याड गाउपालिका ६ बस्ने वर्ष २५ का रामबहादुर शाही र कैलाली टिकारपुर ४ का चालक वर्ष २६ को रमेश बोगटी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिंह भाटले वताएका छन् । जीपमा सवार १६ जना मध्ये  २ जना सकुसल भएको प्रहरीले बताएको छ ।
घाइते हुनेमा मुगुको खत्याड गाँउपालिका ६ का २८ का उपजन शाहि, १७ का राजेन्द्र शाहि, १८ का महेन्द्र शाही, ४५ का मनकिस्न उपाध्याय, १७ का टेक रावल, १६ का रमेश बहादुर शाहि, १७ का तिलक राज उपाध्याय रहेको छन् । त्यस्तै स्वामीकार्तिक १ बस्ने १५ जगत रावल, सोहि गाँउपालिका ४ बस्ने ५५ का लालबिर चदारा रहेका छन् । जगन्नाथ ५ का १९ बर्षिय टंक्क कामी, २ का २७ बर्षिकी जना विक र ५ नम्बर वडाकि ५ बर्षकि महेश्वरी कामी रहेको छ । १२ जना घाइतेलाई गृहमन्त्रालय मार्फत सेनाको हेल्किप्टर द्धारा नेपालगञ्ज लगिएको थियो ।
जीप उकालोमा चढ्न नसकेर  सडकबाट ५० मिटर तल खसेको बताएको छ । गाडिमा धेरै सवार र कच्चि बाटो भएकाले उकालोमा चढन नसकेर पछाडी फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताएका छन् । उनले भने दुर्घटना हुनुको एउटा कारण क्षमता भन्दा बढि यात्रु पनि रहेको वताए । जीप  पिलुचौरबाट कालिकोट तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हो ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर गएको बैशाख महिना बाट सञ्चालनमा आएको थियो । जिप मात्र सञ्चालनमा ल्याउने सहमतिमा सड्क सञ्चालनमा आएको हो । कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार